Logo
Logo

जापानमा ३ महिनाको अवधिमा घरमा एक्लै बस्ने १७ हजार बढी वृद्धवृद्धाको मृत्यु


252
Shares

एजेन्सी । जापानमा तीन महिनाको अवधिमा एक्लै बस्ने १७ हजार जनाभन्दा धेरै वृद्धवृद्धाको घरमै ज्यान गएको छ ।

जापानको राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए)ले पछिल्लो समय गरेको एक सर्वेक्षणले जनवरीदेखि मार्चसम्म देशभरि एक्लै बस्ने १७ हजार ३४ जना वृद्धवृद्धाको ज्यान गएकोे देखाएको छ ।


२०२४ को पहिलो तीन महिनामा २१ हजार सात सय १६ जना एक्लै बस्ने मानिसहरूको ज्यान गएको थियो । यीमध्ये कतिपय आत्महत्याका घटना पनि थिए ।

एक्लो मृत्युको लगभग ८० प्रतिशत अर्थात् १७ हजार ३४ जना ६५ देखि ८५ वर्ष उमेरका थिए । कुनै पनि व्यक्तिको साक्षीविना मृत्यु भएमा त्यसलाई एकान्त मृत्यु भनिन्छ ।

जापानमा युवा समूहको जनसङ्ख्या घट्दै जाँदा वृद्धवृद्धा घरमा एक्लै बस्नुपर्ने बाध्यता बढेको छ । घरमा एक्लै बस्दा कतिपयले आत्महत्या गर्ने र कतिपयको अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याका कारण ज्यान जाने गरेको छ ।

अहिलेको तथ्याङ्कले झस्काएको र अब आवश्यक कदम चालिने सरकारका एक जना जिम्मेवार व्यक्तिले बताएको पनि खबरमा उल्लेख छ । यो अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२४ भर जापानमा एक्लै बस्ने ६८ हजार जना वृद्धवृद्धाको ज्यान जाने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्