Logo
Logo

राष्ट्रपतिको निधनमा इरानमा ५ दिने राष्ट्रिय शोक


504
Shares

काठमाडौं । इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेका हुन् ।

आइतबार अजरबैजानबाट तबरिज सहरतर्फ गइरहेको बेला राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित ६ जना सवार हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा सबैको मृत्यु भएको सोमबार मात्र पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्