Logo
Logo

कैलाश शिरोहियालाई पक्राउ गर्न प्रहरी टोली कान्तिपुरको कार्यालयमा


1.8k
Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको कार्यालयमा पुगेको छ ।

धनुषा प्रहरी कार्यालयले जारी गरेको पक्राउ पुर्जी जारी गरेको आधारमा उनलाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको हो ।

सेन्ट्रल बिजनेस पार्कको आठौं तलास्थित सिरोहियाको कार्यकक्ष बाहिर सादा पोशाकका प्रहरी खटिएका छन् । बर्दीधारी प्रहरी चाहिँ भुइँतलामा छन् ।

सिरोहियाको च्याम्बरमा वरिष्ठ अधिवक्ता शम्भु थापा तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहितका पदाधिकारी, मिडिया सोसाइटी अध्यक्ष शुभशंकर कँडेलसहितको टोली रहेको छ । सिरोहियाले न्युज रुपमा आफ्नो कुरा राखेपछि गिरफ्तारी दिने बताएका छन् ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

यो पनि पढ्नुहोस्
पक्राउ पुर्जीविरुद्ध रिट लिएर सर्वोच्च पुगे कैलाश सिरोहिया

पक्राउ पुर्जी जारी भएपछि कान्तिपुरका अध्यक्षको प्रतिवादः समाचार रोकाउन ब्ल्याकमेलिङ गरे

कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

प्रतिक्रिया दिनुहोस्