Logo
Logo

अमेरिकी हतियार प्रयोग गरेर रुसमा आक्रमण गर्न बाइडेनको अनुमति


3.4k
Shares

एजेन्सी । लामो समयको नीति परिवर्तन गर्दै अमेरिकाले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र लक्षित आक्रमण गर्न अधिकार दिएको छ ।

रूसी सेनाले रूसी सीमा नजिक उत्तरपूर्वी युक्रेनको खार्किभ सहरमा आक्रमण बढाएपछि बढ्दो तनावका बीच राष्ट्रपति जो बाइडेनले यस्तो निर्णय लिएका हुन् । युक्रेनलाई रूसी सेना वा खार्किभ नजिकैको हमलाविरुद्ध संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेको हतियार प्रयोग गर्न अनुमति दिइएको एक अधिकारीले बताएका छन् ।

युक्रेनी अधिकारीहरूले यस क्षेत्रभन्दा बाहिर आक्रमणका लागि अमेरिकी हतियार प्रयोगको अनुमति मागेका छैनन् । युक्रेनी सेनाहरूलाई अब खार्किभबाट सीमापार रूसी सैन्य प्रतिष्ठानण्, गोला बारुद भण्डारण क्षेत्र र रसद केन्द्रहरूलाई लक्षित गर्ने अधिकार दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्