Logo
Logo

हमासको कब्जामा रहेका थप ४ बन्धकको मृत्यु


1k
Shares

काठमाडौं । हमासको कब्जामा रहेका थप ४ बन्धकको मृत्यु भएको इजरायलले दाबी गरेको छ । इजरायलले हमासद्वारा अक्टोबर ७ मा बन्धक बनाइएका थप चार जना बन्धकको मृत्यु भएको पुष्टी गरेको हो ।

इजरायलको दक्षिणी गाजाको खान युनिसमा इजरायली कारवाहीका क्रममा चारैजना सँगै मारिएको र उनीहरुको शव अझै पनि विद्रोहीहरूले आफ्नो कब्जामा राखेको इजरायली डिफेन्स फोर्स आइडिएफले जनाएको छ ।

मृत्यु भएका ती चार बन्धकहरूलाई अक्टोबर ७ मा गाजापट्टी नजिकैबाट अपहरण गरिएको थियो । मारिनेमा बेलायती नागरिक ५१ वर्षीय नादाभ पोपलवेल, ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८५ वर्षीय अमिरम कुपर रहेका छन् ।

हमासको कब्जामा रहेका करिब १ सय २० बन्धकहरूको अवस्था भने अझै अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस्