Logo
Logo

ताप्लेजुङमा पहिरोले ट्याक्टर पुरिँदा एक युवकको मृत्यु


504
Shares

काठमाडौं । ताप्लेजुङको सिरिजंगामा पहिरोले ट्याकटर पुरिँदा एक युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१४, लुङ्रुपा घर भइ निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

परियोजनास्थल सिरिजङ्गा गाउँपालिका–७ खेबाङको सिरिसेतर्फ सामान बोकेर जाँदै गरेको मे. १ त ७९६९ नम्बरको ट्याक्टरलाई सडकमाथिबाट झरेको पहिरोले पुर्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोले ट्याक्टर बगाएर सडकदेखि करिब ६० मिटर तल पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्