Logo
Logo
जसपाको महाधिवेशन

नेतृत्व चयनका लागि आज मतदान हुँदै


189
Shares

जनकपुरधाम । जनता समाजवादी (जसपा) नेपालको एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदान अहिले मध्यान्ह १२ बजेदेखि सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित घोषित भइसकेका छन् । २०१ केन्द्रीय सदस्य र अध्यक्ष, सह–अध्यक्ष, महासचिव, सह–महासचिव, कोषाध्यक्ष, सचिव र सहसचिव गरी २० पदाधिकारीका लागि बुधबार नै मनोनयन दर्ता भएको छ ।

पदाधिकारी र केन्द्रीय सदस्यमा धेरै उम्मेदवारी परेकाले सूची सार्वजनिक गर्न निर्वाचन समितिलाई बुधबार झण्डै दिनभर लागेको थियो । समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार बिहीबार मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्