Logo
Logo

टी-२० विश्वकप : न्यूजिल्याण्डलाई पराजित गर्दै वेष्टइन्डिज सुपर-८ मा प्रवेश


756
Shares

काठमाडौं । अमेरिका र वेष्टइन्डिजमा जारी आईसीसी टी–२० विश्वकप–२०२४ को समूह ‘सी’मा रहेको वेष्टइन्डिज सुपर–८ मा प्रवेश गरेको छ । ब्रेन लारा मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै आयोजक टिम वेष्टइन्डिज सुपर–८ मा प्रवेश गरेको हो ।

वेष्टइण्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले शेरफेन रदफोर्डको अर्धशतक मद्दतमा १४९ रन बनाएको थियो ।

यसअघि भएका खेलमा वेष्टइन्डिजले युगान्डा र पपुवा न्युगिनीलाई पराजित गरेको थियो । न्युजिल्याण्डको यो दोस्रो हार हो । यसअघि अफगानिस्तानसँग पराजित भएको थियो । वेष्टइन्डिज ६ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर–८ मा पुग्दा अंकविहीन न्यूजिल्याण्ड पुछारमा छ ।

यो समूहमा दुई खेलबाट ४ अंकका साथ अफगानिस्तान दोस्रो, तीन खेलबाट २ अंक जोडेको युगान्डा तेस्रो स्थानमा र दुई÷दुई खेल खेलर अंक जोड्न नसकेका पपुवा न्यूगिनी र न्यूजिल्याण्ड क्रमशः चौथो र पाँचौ स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्