
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक बस र कार एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौ आइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस र काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीका ट्राफिक प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
कारलाई जोगाउन खोज्दा बस त्रिशुली नदीमा किनारमा खसेको बताइएको छ । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ ।














