Logo
Logo

पहिरोको चपेटामा परेको ताप्लेजुङमा राहतको व्यवस्था गर्न माग


756
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले बाढी पहिरोको चपेटामा परेको ताप्लेजुङमा उद्धार र राहतको व्यवस्था गर्न माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले ताप्लेजुङ जिल्ला केही वर्षदेखि प्राकृतिक विपत्तिको जोखिममा पर्दै आएको उल्लखे गर्दै हालै पहिरोमा परि ज्यान गुमाएका ४ जनाको परिवार तथा घाइतेलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

केही दिनदेखि परेको अविरल वर्षाले ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका–२ स्थित खेजेनिममा पहिरोले घर बगाउँदा सोही गाउँपालिकाका उपाध्यक्ष विकास साम्बा लिम्बुका बुवा रामबहादुर लिम्बु, आमा जसमाया लिम्बु र ९ वर्षीया जुम्ल्याहा दिदीबहिनी गंगा जमुनाको दुःखद निधन भएको थियो ।

यस्तै सोही वडामा योगेन सावाँ लिम्बु र उनकी ४ वर्षकी छोरी पनि शक्त घाइते भएको र उनीहरूको घरमा क्षति भएको सांसद भट्टराईले जानकारी गराए । विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा जनशक्ति कम रहेका कारण उद्धार गर्न कठिन रहेको र आगामी दिनमा प्राकृतिक प्रकोप हुने ठाउँमा एकीकृत वस्ति निर्माणको योजनालाई अघि बढाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्