Logo
Logo

सांसदको प्रस्ताव: नयाँ संसद भवनभित्र मदिरा बार बनाऔं


1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले निर्माणाधीन संसद भवनमा मदिरा बार बनाउनु पर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रतिनिधिसभाको आज (शुक्रबार)को बैठकमा बोल्दै उनले विदेशी पाहुनाहरू आउँदाखेरि सोसेलाइजेन गर्न बार निर्माण गर्नुपर्ने प्रस्ताव राखेका हुन् । उनले संसद भवनभित्र बार निर्माण गर्दा पर्यटकीय हिसाबले महत्वपूर्ण हुने समेत बताए ।

उनले भने, ‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस गएको थिएँ । कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ । सिनेटमा आतिथ्यता गर्न जाने पाहुना पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ, आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स गर्न पाइन्छ । अधिकांश माननीय मदिरा पिउनु हुन्न, लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ ।
त्यसको लिमिटेसन हुन्छ । त्यसपछि अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरी सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि रु मैले यसमा ध्यानाकृष्ट गराउन चाहे ।’

प्रतिक्रिया दिनुहोस्