Logo
Logo

संसद्का कर्मचारीले घेरे महासचिवको कार्यालय


1.3k
Shares

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीहरूले संसद्का महासचिवको कार्यकक्ष घेराउ गरेका छन् । कर्मचारीलाई सेवा सुविधाको व्यवस्था गर्न माग गर्दै आन्दोलन सुरु गरेका कर्मचारीहरुले मंगलबार नयाँ बानेश्वरको संसद भवनस्थित महासचिव पद्म प्रसाद पाण्डेको कार्यकक्ष घेराउ गरेका हुन् ।

कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेबापत सेवा सुविधा, भत्ता लगायत थप गर्न माग गर्दै आज बिहान १० बजेदेखि १ घण्टा धर्ना दिइएको संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेले जानकारी दिए ।

संसद्का कर्मचारीहरूले गत जेठ २९ गतेदेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् । माग पूरा गर्न १ हप्ते अल्टिमेटम दिएका उनीहरूले माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलन थालेका छन् । कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर संसद्मा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्