Logo
Logo

संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधिसभा बैठक स्थगत


441
Shares

काठमाडौं । संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको छ ।

बुधबार कार्यालय समयपछिपनि जारी रहेको बैठकमा सचिवालयका कर्मचारीहरुले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेपछि सांसदहरुले आपत्ती जनाएका थिए ।

सांसद रामहरि खतिवडाले सांसदहरुले बोलेका बेला सभामुखलाई मात्रै देखाएकाले बैठक स्थगीत गर्न आग्रह गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका बिषयलाई हटाउदै बैठक स्थगत गरे । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ ।

बिभिन्न माग राख्दै संसद सचिवालयका कर्मचारीहरु आन्दोलित छन् । उनीहरुले आफ्ना माग पुरा नभएसम्म कार्यालयसमयबाहेक काम नगर्ने बताउदै आएका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000