Logo
Logo

संसदका कर्मचारीको मागबारे सभामुख निवासमा छलफल


945
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे राष्ट्रिय सभा अध्यक्ष र अर्थमन्त्रीसँग छलफल गरेका छन् । सभामुखको निवासमा घिमिरेसहित राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भइरहेको हो ।

यसअघि सभामुख घिमिरेले कर्मचारी आन्दोलनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग छलफल गरेका थिए । आज संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यसूची छ । महत्त्वपूर्ण छलफल भइरहेका बेला कर्मचारीले गरेको असहयोगलाई सभामुख घिमिरेले गम्भीरताका साथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्