Logo
Logo

श्री एयरलाइन्सले आज काठमाडौं-भरतपुर परीक्षण उडान गर्दै


1.3k
Shares

काठमाडौं । श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान गर्दैछ । श्रीले प्राविधिकहरुसहित परीक्षण उडान गर्न लागेको हो । भरतपुर विमानस्थल निमित्त प्रमुख दिपक विकले श्री एयरलाइन्सको ८० सिट क्षमताको क्यू ४०० सिरिजको जेठ इन्जिन जहाज भरतपुर जाँदैछ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले परीक्षण उडानको औपचारिक रुपमा उद्घाटन गर्नेछन् । श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो ।

अहिले भरतपुरबाट बुद्ध एयरले मात्रै काठमाडौं उडान गर्दै आएको छ । भरतपुर विमानस्थल प्रमुख विकका अनुसार अहिले ८० सिटको जहाजको उडान परीक्षण हुने र कति यात्रु बोक्छ भन्ने कुरा हेर्न खोजिएको बताए ।

भरतपुर विमानस्थलको रनवे छोटो भएको कारणले ७२ सिटे एटिआर जहाज आउन सकेका थिएनन् । तर, श्री एयरलाइन्सको जहाज भने छोटो रनवेमा पनि अवतरण गर्न सक्छ । श्री एयरलाइन्सले नियमित रुपमा भरतपुरमा उडान भरेमा हवाईभाडा घट्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्