काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल चलिरहेको हो । आज प्रधानमन्त्री प्रचण्डले संसद्मा बोल्दै ओली लगायत शीर्ष नेता अनुपस्थित रहेकामा प्रचण्डले दुःखमनाउ गरेका थिए ।
पछिल्ला दिनमा बजेटलगायत विषयमा प्रधानमन्त्री र प्रमुख सत्तासाझेदार एमालेका अध्यक्ष ओलीबीच तिक्तता बढ्दै गएको छ । ओलीले सरकारी कदमको आलोचना गर्दा प्रधानमन्त्रीले त्यसको बचाउ गर्दै सामान्य पार्न खोजेका थिए ।














