Logo
Logo

रास्वपाको दोस्रो स्थापना दिवस आज, पार्टी कार्यालयमा चियापान


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दोस्रो स्थापना दिवस मनाउँदैछ । सो अवसरमा रास्वपाले आज दिउँसो १ बजे पार्टी केन्दिय कार्यालय वनस्थलीमा चियापान समारोहको आयोजना गरेको छ ।

पार्टी स्थापना भएको दोस्रो वर्ष पुग्दा रास्वपा प्रतिनिधि सभामा २१ सिटका साथ चौथो ठूलो दल बनिसकेको छ । रास्वपाले पार्टी स्थापना दिवसको अवसरमा गत वर्ष पनि चियापान समारोह आयोजना गरेको थियो । रास्वपाको चियापानमा विभिन्न राजनीतिक दलका नेताहरुलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्