Logo
Logo

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान


1.7k
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध उजुरी आह्वान गरेको छ । आज बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

समिति सभापति पशुपति शम्शेर जबराले प्रधानविरुद्ध उजुरी दिन १० दिनको समय तोकिएको जानकारी दिए । गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका प्रधान २४ वर्षदेखि निरन्तर नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए । सुशासन र निर्वाचन पद्धतिका बारेमा विज्ञता हासिल गरेका उनी नागरिक समाजको आन्दोलन र विभिन्न अभियानमा सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्