काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को आशन्न १०औं महाधिवेशनका लागि अछामबाट महाधिवेशन प्रतिनिधि सदस्यमा एकेन्द्र कुवर निर्वाचित भएका छन ।

कुवर सबैभन्दा कम उमेरका महाधिवेशन प्रतिनिधि सदस्य हुन् । उनी हाल २५ बर्षका छन । वि. स. २०५६ सालमा जन्मिएका कुवरले २०७४ मै पार्टीको सदस्यता लिएका हुन । सानै उमेरमा राजनितीमा सक्रिय युवा नेता कुवरको चयनलाई सिङ्गो पार्टीले महत्त्वपूर्ण रुपमा लिएको छ ।














