Logo
Logo

पुराना दलहरूसँग लसपस गरिरहे रास्वपा पनि हराएर जाने डा. भट्टराईको दावी


189
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना दलहरूसँग लसपस गरिरहे रास्वपा पनि हराएर जानसक्ने बताएका छन् ।

शुक्रबार रास्वपा स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा सहभागी भएका उनले यस्तो बताएका हुन् । पुराना दलसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिको रूपमा मात्रै लिनुपर्ने डा. भट्टराईले बताए ।

वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर देशलाई विकल्प दिनका लागि रणनीति बनाउनु पर्ने उनले बताए । “यसैगरी पुराना शक्तिहरूसँग बढी नै लसपस गर्न थालियो भने त्यसले नोक्सान गर्ने र हराउने खतरा हुन्छ”, डा. भट्टराईले भने ।

उनले रास्वपाको दुई वर्षे उमेरमा गरेको काम सन्तोषजनक रहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्