
काठमाडौं । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा बालुवाटारमा शीर्ष नेताहरुको बैठक जारी छ ।
केहि बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन् ।
बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित छन् । सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहेका छन् ।
सोही क्रममा उनले आज पनि शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । संसद सचिवालयका कर्मचारीहरु कोरोना महामारीको समयदेखि भत्ता नपाएको भन्दै केहिदिनदेखि आन्दोलनमा उत्रिएका छन् ।














