Logo
Logo

संसदका कर्मचारीको माग सम्बोधन गर्न समिति गठन


1k
Shares

काठमाडौं । आन्दोलनरत संघीय संसदका कर्मचारीको माग सम्बोधनको लागि कानुन मन्त्रीको नेतृत्वमा सहजीकरण समिति गठन भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा ३ सदस्यीय सहजीकरण समिति गठन गरेको हो । समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् ।

कोरोनाकालदेखि अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै संसदका कर्मचारीहरु आन्दोलनमा छन् । सभामुख देवराज घिमिरेले कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक तथा अनौपचारिक छलफल समेत गरिरहे पनि सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्