
काठमाडौं । महाकाली नदीमा डुबेर वेपत्ता भएकी एक बालिकाको शव भेटिएको छ । सशस्त्र प्रहरीका अनुसार बैतडीको शिवनाथ गाउँपालिका–१ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एक जनाको शव फेला परेको हो ।
महाकाली नदीमा नुहाउने क्रममा वेपत्ता भएकी शिवनाथ गाउँपालिकाको स्वाला बस्ने १३ वर्षीय रजनी चाडको शव भेटिएको हो । १२ वर्षीया अस्मिता चाडको भने खोजी कार्यजारी छ ।














