Logo
Logo

मंगलबार बागमती प्रदेशको बजेट पारित गरिने


504
Shares

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आगामी मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ ।

मङ्गलबार बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकबारे छलफल गरिने कार्यसूची रहेको छ ।

त्यस्तै बागमती प्रदेश सरकारको विभिन्न मन्त्रालयअन्तर्गत छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने एवं विनियोजित बजेटलाई पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

यसअघि गत असार ७ गते बसेको प्रदेशसभा बैठकमा बजेटसम्बन्धी छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्