Logo
Logo

जंगली च्याउ खाँदा एकको मृत्यु, अन्य ४ जनाको अवस्था गम्भीर


252
Shares

हेटौंडा । मकवानपुरको दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएकाे छ । प्रहरीका अनुसार मकवानपुरको विकट राक्सिराङ गाउँपालिका-७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा ४५ बर्षीय दलबहादुर चेपाङ मृत्यु भएका छन् ।

च्याउ खाँदा चेपाङ परिवारका ५ जना गम्भीर बिरामी परेका थिए । दलबहादुरलाई आज आइतबार उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष चेपाङले बताए ।

दलबहादुरकी श्रीमती जालीमाया, दुई छोरीहरू रेञ्जु र सिवना, छोरा सुशीलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनीहरूको चितवनस्थित भरतपुर अस्मापतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्