Logo
Logo

जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार जना बिरामी


567
Shares

प्रतिकात्मक तस्वीर

काठमाडौं । मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने चारजना गम्भीर बिरामी परेका छन् । जंगली च्याउको तरकारी पकाएर खाँदा राक्सिराङ गाउँपालिका– ७ दगुबाङका दलबहादुर प्रजा (चेपाङ) को मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझको खानामा उनीहरुले जंगलबाट ल्याएको च्याउको तरकारी खाएका थिए । च्याउको तरकारी खाएका घरमुली ५५ वर्षीय दलबहादुरको आइतबार साँझ मृत्यु भएको मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिए ।

एकै परिवारका अन्य चारजनाको अवस्था भने गम्भीर रहेको उनले बताए । सँगै खाना खाएका दलबहादुरका श्रीमती ४५ वर्षीया जालीमाया, छोरीहरु १५ वर्षीया रेञ्जु, ८ वर्षीया सिवना र १० वर्षीया छोरा सुशीलको अवस्था गम्भीर छ । उनीहरूको चितवनको भरतपुर अस्मापतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्