Logo
Logo

जीतपुरसिमरा उपमहानगरको नगरसभामा एमाले र लोसपाबीच झडप


567
Shares

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको नगरसभाको वैठकमा झडप भएको छ ।

वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो । यसअघि मेयर राजन पौडेलसहित अन्य जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए ।

सोमबार मेयर पौडेलले वैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्‍याएर बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेका थिए । नगर सभाका झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्