Logo
Logo

विराटनगर महानगरले ल्यायो ३ अर्ब ४९ करोड ९८ लाख बजेट


126
Shares

वराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ३ अरब ४९ करोड ९८ लाख ८६ हजार रुपैया बराबरको बजेट ल्याएको छ ।

पूर्वाधार, शिक्षा, स्वास्थ्य लाई प्राथमिकता राख्दै सोमवार विराटनगर महानगरपालिकामा आयोजित नगर सभाको चौंधौ अधिवेशनमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले चालू आर्थिक वर्ष०८०/८१ भन्दा करिब १३ करोड ८१ लाख रुपैया बढीको बजेट र्सार्वजनिक गरेका हुन् ।

विराटनगर महानगरपालिकाले वडास्तरीय योजनाका लागि ४० करोड ५५ लाख, शैक्षिक विकास कार्यक्रम तर्फ ७८ करोड ७८ लाख, स्वास्थ्य विकास कार्यक्रम तर्फ २० करोड ५७ लाख रुपैया बजेट विनियोजन गरेको छ भने कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ६९ करोड रुपैया बजेट छुट्याएको छ ।

छोरी बचाउ छोरी पढाउ, सानै छु बढ्न देउ, बालविवाह होइन पढ्न देउ, जहाँ खेलकुद त्यहाँ महानगर, जेष्ठ नागरिकको सम्मान, सभ्यताको पहिचान, सहि व्यक्तिलाई सहि समयमा सहि रकम प्रदान, सामाजिक सुरक्षा हाम्रो अभियान जस्ता कार्यक्रमहरु महानगरपालिकाले घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्