Logo
Logo

नेताहरुले राजनीतिक यात्राको उद्देश्य विर्सिने अवस्था आएको छ : महामन्त्री


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताहरुले राजनीतिक यात्राको उदेश्य विर्सिने अवस्था आएको बताएका छन् ।

नन्दप्रसाद जानुका फाउन्डेशनले सोमबार काठमाडौमा आयोजना गरेको कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाई स्मृति ग्रन्थ बिमोचन गर्दै थापाले नेताहरु सांसद, मन्त्री, प्रधानमन्त्रीको रेसमा दौडनका लागि व्यस्त हुने गरेकाले राजनीतिक यात्राको उदेश्य विर्सिने अवस्था आएको बताएका हुन् ।

उनले पटक-पटक प्रधानमन्त्री बन्नुको कारणबारे अहिलेको प्रधानमन्त्री प्रचण्डलाई पनि सोधेको जिकिर गरे । अहिलेको राजनीतिक सरकार ढाल्ने, गिराउने, चुनाव लड्ने जित्नेमा केन्द्रीत हुँदा मिशन हराएको जस्तो देखिएको उनको भनाइ छ ।

थापाले कांग्रेसभित्रको फोहर थोरै र सफा धेरै भएपनि सफाको चर्चा कम हुने गरेको धारणा राखे । पार्टीभित्र फोहर गर्नेलाई भगाउदै सफा गर्न सहि पात्रहरु खोज्नुपर्ने उनले बताए ।

थापाले अग्रज नेताहरुको योगदानका कारण अहिले आफुहरु बिभिन्न पद र जिम्मेवारीमा पुगेको भन्दै उनीहरुको भूमिकालाई बिर्सन नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्