Logo
Logo

मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश


1.1k
Shares

काठमाडौं । मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरुको तलवमान निर्धारण गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम परमादेश दिएको छ । मर्यादाक्रमलाई आधार मानेर तलवमान निर्धारण गर्न आदेश भएको हो ।

सहन्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले माथिल्लो मर्यादामा रहेका कर्मचारीको भन्दा तल्लो मर्यादामा रहेका कर्मचारीको तलब भत्ता बढी रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्