काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको छ ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्षका लागि सोमबार नगर सभामा बजेट प्रस्तुत गरेकी हुन् ।
चालु आर्थिक वर्षको लागि कुल बजेट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँ ल्याइएको थियो । महानगरले गत माघमा संशोधन गरेर २४ अर्ब ८ कराेड ५७ लाख रुपैयाँ पुर्याइएकाे थियाे ।














