Logo
Logo

जीबी राइको पक्राउ मेरो पक्राउ ब्यग्र प्रतिक्षाको विषय : गृहमन्त्री


315
Shares

काठमाडौं ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगिमा संलग्न जीबी राईलाई मलेसियाबाट नेपाल ल्याउन प्रयास भइरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले राईलाई मलेसियाबाट ल्याउन नेपाल र मलेसिया सरकारबीच निरन्तर छलफल भइरहेको जानकारी दिए ।

उनले जीबी राइको पक्राउ आफ्नो पक्राउ ब्यग्र प्रतिक्षाको विषय भएको भन्दै कुटनीतिक प्रयासबाट नेपाल ल्याउन सरकार सफल हुने विश्वास व्यक्त गरे । उनले मलेसिया सरकारले माग गरेअनुसारको पत्र समेत पठाइसकेको जानकारी दिए ।

राई फरार रहेको आठ महिनापछि आफु सरकारमा आएको भन्दै उनलाई आकाश पातालबाट खोज्न आफु इमान्दारीपूर्वक लागेको गृहमन्त्रीले बताए । त्यस्तै उनले बिभिन्न प्रकरणका फाइलहरु आफुले खोलेको भन्दै अनुसन्धान जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्