Logo
Logo

बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन दोषी ठहर


756
Shares

काठमाडौं । रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतले ‘लिटिल बुद्ध’ भनिने बम्जनलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको छ । बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो ।

बम्जन गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठ नगरपालिका- ६ स्थित निवासबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्