Logo
Logo

गिरीबन्धु प्रकरणविरुद्ध उजुरी आए फाइल खोल्छु : गृहमन्त्री


1.6k
Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गिरीबन्धु टि स्टेट प्रकरणविरुद्ध उजुरीको प्रतिक्षामा रहेको बताएका छन् । उनले गिरिबन्धु टी इस्टेटको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो उजुरी पर्खेर बसेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले भने, “नेपाल प्रहरीलाई र नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोलाई गिरिबन्धु टी इस्टेटको बारेमा उजुरी माग्नका निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अगाडि नै मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ र केन्द्रीय अनुसन्धान ब्यूरो गिरिबन्धु टी इस्टेटको उजुरीको प्रतीक्षा गरेर बसिरहेको छ ।”

उनले गिरीबन्धु टि स्टेट प्रकरणबारे संसदमा प्रश्न उठ्ने गरेको भन्दै यस प्रकरणमा अनुसन्धान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्