
काठमाडौं । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका २ समइगढमा आज बिहान खेतमा काम गरिरहेका बेला चट्याङले लाग्दा स्थानीय ४६ वर्षीय राजन खड्काको मृत्यु भएको हो ।
बिहान ७ बजे चट्याङले लागेर गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














