Logo
Logo

बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्वीप


1.7k
Shares

काठमाडौं । नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न पार्टीका सांसद्हरुलाई ह्वीप जारी गरेको छ । पार्टीका प्रमुख सचेक महेश बर्तौलाले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरिएको बताए ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा बजेटलाई निर्णयार्थ पेस गर्ने तयारी भएपछि एमालेले आफ्ना सांसद्हरुलाई बजेटका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । साथै अनिवार्य बैठकमा उपस्थित हुन पनि निर्देशन दिइएको पार्टीका प्रमुख सचेक महेश बर्तौलाले जानकारी दिए ।

यसअघि नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई ह्वीप जारी गरेको थियो । नेपाली कांग्रेसले पनि पार्टी निकट सांसद्हरुलाई अनिवार्य रूपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्