
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । १ सय १६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो ।
बंगलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए । अन्य चल्न सकेनन् । अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४÷४ र फजलहक फारुकी र गुलबदिन नाबी एक÷एक विकेट लिए । यता अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर–८ बाटै बाहिरिएको छ ।














