Logo
Logo

खैरो हेरोइनसहित बानियाँटारबाट दुई जना पक्राउ


630
Shares

काठमाडौं । काठमाडौंका बानियाँटारबाट लागुऔषध खैरो हेराइन सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया घर भई टोखा नगरपालिका–८ मा बस्ने १९ वर्षीय भरत बोहरा र मोरङ घर भएर टोखा बस्ने २६ वर्षीय तुलाराम चौधरी रहेका छन् ।

उनीहरुको साथबाट २२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

लागु औषध बेच्न प्रयोग गर्ने बा.९० प ४२९१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । उनीहरू विरुद्ध लागु औषध मुद्दामा म्याद लिएर प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्