Logo
Logo

एकीकृत समाजवादीको महासचिवमा आकांक्षीको लर्को, कसले मार्ला बाजी ?


10.8k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को १०औँ महाधिवेशन आगामी १६–२० असारमा काठमाडौंमा हुँदै छ । पार्टीको महाधिवेशन नजिकिएसँगै नेताहरु दौडधुपमा व्यस्त छन् ।

अध्यक्ष पछिको कार्यकारी भूमिका रहने महासचिव पदमा बलियो प्रतिस्पर्धा देखिएको छ । महासचिवका लागि अहिलेका चारै जना उपमहासचिव जगनाथ खतिवडा, डा.गंगालाल तुलाधर, प्रकाश ज्वाला र डा.विजय पौडेल आकांक्षी छन् ।

त्यस्तै, अहिलेका सचिव रामकुमारी झाँक्री र राजेन्द्र राई पनि महासचिवका आकांक्षी हुन् । झाँक्री पुर्वमन्त्री हुन् भने राई कोशी प्रदेशका पुर्वमुख्यमन्त्री हुन् । यी दुवै युवा नेता युवा पंक्तिमा रुचाइएका नेता हुन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको साथ पाएका खतिवडा महासचिवका बलियो दावेदार हुन् । नेपालकै साथ पाएर पार्टी प्रवक्ता र प्रचार विभाग प्रमुख रहेका खतिवडाले माधव नेपालले बनाउने प्यानलमा आफू महासचिव रहेको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्