Logo
Logo

देशभरिको समाजवादी शक्तिहरुलाई एकतावद्ध रुपमा गोलबन्द गर्नुपर्छ : माधव नेपाल


189
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशभरिको समाजवादी शक्तिहरुलाई एकतावद्ध रुपमा गोलबन्द गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय जनसास्कृतिक महासंघ समाजवादीले मंगलबार काठमाडौंमा आयोजना गरेको जनसांस्कृतिक साँझमा बोल्दै अध्यक्ष नेपालले समाजवादी मोर्चालाई नयाँ ढंगले अघि बढाउदै देशभरिको समाजवादी शक्तिहरुलाई एकतावद्ध रुपमा गोलबन्द गर्नुपर्ने बताएका हुन् ।

उनले समाजवादी कार्यक्रमलाई व्यवस्थीत गर्ने पार्टी अरुकुनै नभएको दावी गरे । राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण भएको भन्दै अध्यक्ष नेपालले त्यसप्रति गौरव गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्