काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला सात सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी प्रतितोला २५ रूपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।














