
काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले आज देशभरका १० जिल्लामा बाढीको जोखिम रहेको बताएको छ ।
महाशाखाले आज बिहान एक बुलेटिन जारी गर्दै उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, लम्जुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा र आसपास जिल्ला भई बहने स–साना नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको जानकारी दिएको हो ।
यी जिल्ला भएर बग्ने खोला तथा नदीमा बाढीको जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । साथै महाशाखाले कमला नदीमा बहाव उल्लेख्य बढ्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध छ ।
















