Logo
Logo

टोखा नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने


1.1k
Shares

काठमाडौं । टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत पाँच हजार उपलब्ध गराउने भएको छ । नगरपालिकाले यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गर्ने भएको हो ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार किरिया खर्च शीर्षकमा पालिकाले १० लाख विनियोजन गरेको छ । चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गर्न रकम विनियोजन गरिएको छ । टोखाको चाकुलाई देश तथा विदेशमा प्रचार गर्न स्तम्भ सहयोगी हुने उनको विश्वास छ ।

‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै मठमन्दिर, विद्यालयलगायत सबै सार्वजनिकस्थलमा बत्ती जडान, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घर संरक्षण, ‘मेयर दीर्घायु कार्यक्रम’ले निरन्तरता पाएको छ । त्यस्तै उपप्रमुखसँग बालबालिका कार्यक्रम सञ्चालन गर्न पनि बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्