Logo
Logo

चीनसँग बीआरआई ऋण सम्झौता नगर्न सांसद विकको आग्रह


1k
Shares

काठमाडौं । सांसद शान्ति विकले बीआरआई अन्तर्गत चीनसँग ऋण सम्झौता नगर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद विकले नेपालको सार्वजनिक ऋण २४ सय अर्ब नाघिसकेको भन्दै बीआरआई ऋण सम्झौता नगर्न आग्रह गरेका हुन् ।

उनले यो ऋण तिर्ने स्रोत हामीसँग के–के छन् ? भनेर सरकारसँग प्रश्न गर्दै भनिन्, ‘त्यसै पनि देश र जनता ऋणले थिचेर उठ्न नसक्ने अवस्थामा पुगेको अवस्था छ । अब बीआरआई परियोजनाले देशलाई उच्च ऋणको भार बोकाउँदा हाम्रो जस्तो देशमा ऋण व्यवस्थापन गर्न चुनौती आउन सक्छ ।’

उनले ऋण तिर्ने बलियो आधार नहुँदा र आर्थिक रूपमा सधैँ परनिर्भर हुनुले स्वतन्त्रता र राष्ट्रिय नीतिमै प्रभाव पार्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै बीआरआईबारे चीनसँग अनुदानस्वरुप उपलब्ध गराउन सरकारसँग आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्