Logo
Logo

सरकारलाई चित्रबहादुर केसीको प्रश्न- एमसीसी र बीआरआईबीचको अन्तर के हो ?


189
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बीआरआई र एमसीसी परियोजनाबीचको अन्तर स्पष्ट पार्न माग गरेका छन् ।

आज (बिहीबार) प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले बीरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य केही नेताहरूले स्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गरेका छन् ।

नेपालमा बीआरआई परियोजनाको विरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन लागिएको भन्दै त्यस कुराप्रति नेपाली जनता सजग हुनुपर्नेमा जोड दिए ।

अमेरिकाले नेपाललाई चीनविरोधी अखडा बनाउनका लागि एमसीसी परियोजना ल्याएको उनको भनाइ छ । बीआरआई परियोजना र एमसीसी परियोजनालाई एकै ठाउँमा राखेर तुलना गर्नु नहुने उल्लेख गरे ।

उनले भने, ‘अहिलेकै सत्ताधारी साथीहरूले एमसीसी ल्याउँदाखेरी, अमेरिकनहरूले एमसीसीको भारी बोकाउँदाखेरी धुमधान विरोध गरेको होइन ? हामी सत्तामा बस्ने छैनौँ । हामी राजनीति गर्ने छैनौँ भनेर नेपाली जनताको अगाडि उफ्रेको होइन ?’

उनले भने, ‘एमसीसी र बीआरआईबीचको अन्तर के हो ? त्यो नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ । बीआरआईको पैसाले हो २४ खर्ब नेपालीले ऋण लागेको टाउकोमा ? यसमा स्पष्ट पार्नु पर्छ ।
बीआरआईको माध्यमबाट नेपालमा जसरी चीन आउन खोजेको छ, एमसीसी र बीआरआईलाई एउटै काँटामा राखेर नेपाली जनतालाई अल्मल्याउन पाइँदैन ।’ उनले एमसीसीलाई अमेरिकी साम्राज्यवादको पासोको संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्