Logo
Logo

‘यज्ञप्रसाद आचार्य रोटरी जर्नो लाइफटाइम अचिभमेन्ट अवार्ड’ स्थापना 


189
Shares

काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको सहकार्यमा ‘यज्ञप्रसाद आचार्य रोटरी जर्नो लाइफटाइम अचिभमेन्ट अवार्ड’को स्थापना गरिएको छ । सुरेश आचार्यले आफ्ना स्वर्गीय पिता यज्ञप्रसाद आचार्यको स्मरणमा एक लाख एक हजार राशिको उक्त अवार्डको स्थापना गरेका हुन् । 

लामो समय पत्रकारिता र साहित्यिक पत्रकारितामार्फत नेपाली समाजमा अविस्मरणीय योगदान पुऱ्याउनेलाई सम्मान स्वरूप उक्त अवार्ड दिइने छ । उक्त पुरस्कार यसै वर्षदेखि  प्रत्येक दुई वर्षमा वितरण गरिनेछ ।  

उक्त पुरस्कार कसलाई दिन भन्ने छनोट र सञ्चालनको सम्पूर्ण जिम्मा रोटरी डिस्ट्रिक्टलाई प्रदान गरिएको छ । पुरस्कारको सहमतिपत्रमा रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजु र संस्थापकका तर्फबाट सुरेश आचार्यले हस्ताक्षर गरेका छन् । 

स्वर्गीय आचार्यले विसं २००३ सालमा भाषा शास्त्री गुरु महानन्द सापकोटाको सल्लाहमा धरानबाट छात्रवाणी पत्रिका सम्पादन र संचालन गरी पत्रकारिताको यात्रा सुरु गरेका थिए ।  

उनले २०२० सालमा ‘मुक्तात्मा’ र २०६५ सालमा ‘फ्युजनको जगमा शिलान्यास’ कथा संग्रह प्रकाशन गरेका थिए । त्यस्तै ‘निर्वाचनोप्रान्त नेपालको परराष्ट्र नीति’ नामक पुस्तक २०१८ सालमै प्रकाशन गरेका थिए । 

स्वा. आचार्य धरान नगरपालिकामा २०१६ सालमा जनप्रतिनिधिका रूपमा निर्वाचित भएका थिए । उनले  धरानमा २०२० सालमा सामुदायिक विद्युतीकरण, विद्यालयमा निःशुल्क शिक्षालगायत साहित्य र पत्रकारिताजस्ता सामाजिक कार्यहरू संचालन गरिएका थिए । 

उनको सम्पादकत्व र प्रकाशत्वमा २०३९ सालमा नवजागरण साप्ताहिक प्रकाशित गरिएको थियो । स्वा. आचार्यले २००० सालदेखि २०७० सम्मको नेपालको रूपान्तरणको एक साक्षीका रूपमा  वृहत् पुस्तक समेत लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्