काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमबन्धी छानबिन गर्न नेकपा एमाले सचिव योगेश भट्टराईको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन गरेको छ ।

उपसमिति सदस्यमा च्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, बिक्रम पाण्डे, मञ्जु खाँण, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी छन् । विमानस्थल निर्माण २०७१ माघ १ मा सुरु भएको थियो ।
निर्माण२०७४ पुसभित्र सम्पन्न गर्ने भएपनि ०७९ जेठदेखि विमानस्थल सञ्चालनमा आएको थियो । विमानस्थल ३० अर्ब ९१ करोडमा निर्माण गर्ने सम्झौता भएको थियो । तर निर्माण अवधि लम्बिएपछि ३५ अर्ब ६६ करोडमा सम्पन्न भएको थियो । तर अहिले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
लेखा समितिले उपसमितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न समय दिएको छ ।














