Logo
Logo

मध्यपहाडी राजमार्गको रुकुमखण्ड पहिरोले अवरुद्ध


1k
Shares

काठमाडौं । मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा बिहीबार बेलुकी पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा रुकुमपश्चिम हुँदै रुकुम पूर्व, पोखरा, काठमाडौं आउने यातायातका साधन रोकिएका छन् । रुकुम पूर्वबाट पनि रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगञ्ज जाने सवारी साधन रोकिएका छन् ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाटो खुलाउने कोशिस भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्