Logo
Logo

गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न सानेपामा ओली (तस्बिरहरू)


378
Shares

काठमाडौं । स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेसले आयोजना गरेको फोटो प्रदर्शनीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

नेपाली कांग्रेसले काठमाडौँमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक फोटो प्रदर्शनीमा ओली सहभागी भएका हुन् । यसअघि आजै प्रधानमन्त्री प्रचण्ड पनि फोटो प्रदर्शनीमा सहभागी भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूले ओलीलाई फोटो प्रदर्शनीको अवलोकन गराए । अवलोकनलगत्तै सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन कुमार थापा लगायतसँग ओलीले छलफल गरेका थिए ।

राजनीतिक समीकरण फेरबदलकाबीच सानेपामा शीर्ष नेताहरूको जमघटले धेरैको मन खिचेको छ।

प्रतिक्रिया दिनुहोस्