काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको मुद्दामाथि नियमित सुनुवाइ गरेर टुंग्याउने भएको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले गृहमन्त्री लामिछानेलाई पदबाट बर्खास्त गर्नुपर्ने माग राखी परेको मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीमा किटानी जाहेरी परेको र उनी पदमा बहाल रहे अनुसन्धान प्रभावित हुने भन्दै निलम्बन गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।














